|
क्रमशः क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, अधिकारकर्मी समर बादावी र साउदी राजकुमार मोहम्मद विन सलमान

'रैफ बादावी र उनकी बहिनी समर बादावीलाई साउदी अरबले कैद गरेकोप्रति हामी अत्यन्त चिन्तित छौँ। यो कठिन घडीमा हामी बादावी परिवारको साथमा छौँ र हामी रैफ र समर बादावीलाई तत्काल रिहा गरियोस् भनेर माग गर्दछौँ।'

क्यानडाकी विदेशमन्त्री क्रिस्टिया फ्रीलैन्डले २ अगस्तमा यो ट्वीट गरेकी थिइन्। त्यसपछि साउदी अरब र क्यानडाबीचको सम्बन्ध यति बिग्रिएको छ कि दुवै देशले एक अर्को देशमा हुने हवाइ सेवासमेत बन्द गरेका छन्। यी दुई देशबीच उक्त घटनाले कुटनीतिक संकट पैदा भएको छ र यसले विश्व राजनीतिक वित्तमा प्रवेश पाएको छ।

अब प्रश्न उठ्छ- आखिर समर बादावी को हुन्? जसका कारण क्यानडा र साउदी अरबबीच तनाव सिर्जना गरेको छ।

३३ वर्षीया समर बादावी एक अमेरिकी समाजसेवी हुन्। उनी महिला अधिकारका क्षेत्रमा काम गर्छिन्। समरलाई सन् २०१२ मा इन्टरनेशनल विमेन अफ द करेज अवार्ड प्रदान दिइएको थियो। समर बादावी साउदी अरेबियाको 'महिलाका अभिभावक पुरुष रहने' भन्ने व्यवस्थाको विरोधमा उत्रिएकी थिइन्।

समरका भाइ रैफ बादावीलाई पनि इस्लाम धर्मको आलोचना गरेको आरोपमा जेलमा राखिएको छ। उनलाई सन् २०१५४ मा एक हजार कोर्राका साथै १० वर्षक लागि कैद गरिएको छ।

क्यानडाको विदेश नीति विभागले साउदी अरेबियामा कैद गरिएका अधिकारकर्मीलाई तत्काल रिहाइ गर्न माग गरेको छ। जसको जवाफमा साउदी अरबको विदेश मन्त्रालयले लेखेको छ, 'यो साउदी अरेबियाको अपमान हो। यसका लागि कडा प्रतिक्रियाको आवश्यकता रहेको छ। त्यस्तो प्रतिक्रिया जसले साउदी अरबको सम्प्रभुतामा कसैले हस्तक्षेप गर्ने हिम्मत गर्न नसकोस्।'  

त्यसपछि साउदी सरकारले प्रतिक्रिया स्वरुप क्यानडाका राजदूतलाई रियाद छोड्न भनिएको थियो। उनलाई २४ घण्टाभित्र साउदी छोड्न भनिएको थियो। क्यानडाका राजदूतलाई फिर्ता पठाएसँगै साउदी अरबले क्यानडाबाट आफ्ना राजदूतलाई पनि फिर्ता बोलाएको थियो। साथै व्यापार र आयत निर्यातको सम्बन्ध पनि स्थगित गरेको थियो। यी दुई देशबीचको व्यापार तीन हजार अमेरिकी डलरको मात्रै थियो।

साउदी सरकारले क्यानडाका विभिन्न विश्व विद्यालयमा अध्ययनरत १५ हजार विद्यार्थीको छात्रवृत्ति रोकिदिएको छ। त्यस्तै सात हजार परिवारलाई क्यानडाबाट अन्य देशमा गएर बस्न आदेश जारी गरेको छ।

यति हुँदा पनि साउदी र क्यानडाबीचको सैन्य ट्रकको कन्ट्र्याक्ट भने जारी रहेको छ। जसअनुसार क्यानडाले साउदी अरबलाई १५ हजार मिलियन अमेरिकी डलरको सैन्य हतियार बेच्नुपर्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.