|

काठमाडौं : ‘मोनाली ठाकुर लाइभ इन नेपाल’ कार्यक्रम सफलताका साथ सम्पन्न गरेको पर्फेक्ट प्लान इन्टरटेन्मेन्टद्वारा आयोजित ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’को काठमाडौंको लागि ग्राण्ड फिनाले साउन ३१ गते हुने भएको छ। फिनाले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा हुने बताइएको छ।

काठमाडौंमा हुने फिनालेमा चर्चित मोडल नीति शाह, नायक गौरव पहारी, चलचित्र निर्देशक अमरदीप सापकोटालगायत निर्णायकको रूपमा रहेका छन्। उक्त कार्यक्रममा नेपाली फिल्म तथा संगीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरू तथा सामाजिक कार्यकर्ताहरूको उपस्थिति रहने बताइएको छ।

युवा कलाकारहरूको समेत सहभागिता रहेको उक्त कम्पनीले प्रतिभावान व्यक्तिहरूका लागि नयाँ अवसर दिने भन्दै यो प्रतियोगिताको आयोजना गरेको हो। यो कार्यक्रम आयोजना टिममा नायकद्वय सलोन बस्नेत र आमेश भण्डारी तथा युविका श्रेष्ठ र रवीन कँडेल रहेका छन् भने अन्य केही कलाकर्मीले साथ दिइरहेका छन्।

देशभरका प्रतिभालाई नेपाली फिल्म तथा संगीत क्षेत्रमा विशेष अवसर दिने उद्देश्यका साथ आयोजना भएको ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’को काठमाडौंको फिनालेपछि देशभरका अन्य नौ सहरमा अडिसन हुनेछ। प्रतियोगिता दुई चरणमा हुनेछ। काठमाडौंसहित पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, धरान, हेटौँडा, विराटनगर, बाग्लुङ्ग र म्याग्दीमा ‘मिस्टर एण्ड मिस एम्पेरर’ हुनेछ। विजेता बनेरका तथा फर्स्ट रनरअप र सेकेण्ड रनरअप गरी हरेक सहरबाट छ-छ जनाले ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ प्रतियोगितामा भाग लिन पाउनेछन्।

दशवटै सहरका विजेताले पर्फेक्ट प्लानको तर्फबाट म्यूजिक भिडियोमा ब्रेक पाउनेछन्। दोस्रो चरणमा ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ विजेताले नेपाली फिल्ममा ब्रेक पाउने बताईएको छ। यसको साथमा नगद पुरस्कार तथा विभिन्न गिफ्ट ह्याम्परसमेत प्राप्त गर्नेछन्।

प्रतियोगितामा सहभागि हुनका लागि १६ बर्ष देखी २४ बर्ष भित्रका एसइई पास गरेका नेपाली नागरिक हुनुपर्नेछ। युवकको लागि ५ फिट ५ इन्च देखी माथी र युवतीको लागि ५ फिट २ इन्च देखी माथीको उचाईलाई मान्यता दिइनेछ।

काठमाडौं उपत्यकाको लागि असार महिनामा पहिलो चरणको प्रतियोगिता सम्पन्न हुनेछ भने त्यसपछि हरेक महिना एक सहरमा प्रतियोगिता हुनेछ। दशवटै सहरमा पहिलो चरणको प्रतियोगिता सकिएपश्चात दोश्रो चरणको प्रतियोगिता काठमाडौंमा नै आयोजना हुने आयोजक टिमले बताएको छ।

यतिबेला हेटौडा र चितवनको लागी अडिसन फारम खुल्ला गरिएको छ। प्रतियोगितामा सहभागि हुनको लागि एसएमएसमार्फत पनि आवेदन दिन सकिनेछ। त्यसको लागि SMS बक्समा गई ‘Emperor <space> Your Name, age, gender and location’ टाइप गरी 31003 मा पठाउनु पर्नेछ। साथै, विभिन्न स्थानहरुबाट समेत आवेदन फारम प्राप्त हुने आयोजकको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.