|

भारत र इंग्ल्यान्डबीच जारी ५ खेलको टेस्ट सिरिजको दोस्रो खेल बिहीबारबाट लर्डसमा सुरु हुँदै छ। हिट वेबका कारण ग्राउन्ड  स्टाफलाई काम गर्न निकै मुस्किल परिरहेको एजेन्सीहरूले जनाएका छन्।

अहिले लर्डसको तापक्रम ३५ डिग्री रहेको छ। लन्डनमा १९७६ पछि पहिलोपटक यति धेरै गर्मी महसुस भएको हो। यस्तो स्थितिमा खेलाडीलाई दोस्रो टेस्ट केही मुस्किल हुने पक्का छ। जसका लागि खेलाडीले २-२ स्पिनरलाई मैदानमा उतार्ने सम्भावना रहेको एजेन्सीहरूले जनाएका छन्।

पहिलो टेस्टमा भारतले रविचन्द्र आश्विन र इंग्ल्यान्डले आदिल रशिदलाई स्पिनरका रूपमा मैदानमा उतारेको थियो। भारतका लागि अब कुलदीप यादवलाई मैदानमा उतार्ने सम्भावना बढी छ। इंग्ल्यान्ड पनि दुई स्पिनरसहित मैदानमा आएमा भने मोइन अलीले प्लेइङ ११ मा स्थान बनाउने सम्भावना रहनेछ।

भारतका जसप्रित बुमराहको चोट निको नभएपछि उनले दोस्रो टेस्ट गुमाउने सम्भावना रहेको छ। भारतको लर्डस मैदानमा समग्र रेकर्ड राम्रो छैन। उसले पछिल्लोपटक २०१४ मा जितेको थियो। तर अधिकांश खेलमा इंग्ल्यान्डले बाजी मार्दै आएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.