|

काठमाडौं : मंसिर २१ गतेबाट प्रदर्शनमा आउने फिल्म 'शिरफूल'को ट्रेलर रिलिज भएको छ। बुधबार राजधानीमा एक कार्यक्रमको आयोजा गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो। सार्वजनिक ट्रेलरमा प्रेम, द्वन्द्व, संघर्ष जस्ता कुरालाई देखाइएको छ।

कमल एक्छाई मगरको निर्देशनमा तयार भएको फिल्ममा रूपा राणा, राज थापा, मरिस्का पोखरेल, देवराज आलेमगर, विनिता थापामगर लगायतको अभिनय रहेको छ। 'नाइस मिडिया नेटवर्क' तथा 'मगर्स क्रियसन'को व्यानरमा निर्माण भएको फिल्ममा आशीर्वाद पुनमगरको लगानी रहेको छ।

देजवराज आले मगरको कथा रहेको फिल्ममा राज थापा र राजु युगिनको पटकथा रहेको छ। हरि लम्साल र देवराज आलेको संगीत रहेको फिल्ममा अजय स्याङ्ताङको नृत्य निर्देशन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ। निरोज श्रेष्ठले खिचेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन्।

हेर्नुहोस् ट्रेलर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.