|

नुवाकोट : तादी खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन्। तादी खोलामा बुधबार पौडी खेल्ने क्रममा दुप्चेश्वर गाउँपालिका–७ शिखरबेँसीका १८ वर्षीय राम पण्डितलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। 

साथीसँग खोलामा पौडी खेल्ने क्रममा खोलाले उनलाई बगाएको प्रहरीले जनाएको छ। बेपत्ता भएका पण्डितको खोजी स्थानीय बासिन्दा, आफन्त तथा प्रहरीले गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.