|

इन्डोनेसियाको जकार्तामा हुने १८ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि १८ अगस्टबाट २ सेप्टेम्बर सम्म स्थानिय स्कुल बन्द हुने भएका छन्। खेलका दौरान ट्राफिक जाम नहोस भन्नका लागि करिब ७० स्कुलहरु बन्द गरिने जनाइएको छ। बन्दका कारण ३१ हजार विद्यार्थीलाई घरमा नै बसेर अध्ययन गर्न भनिएको छ।

जर्काता एजुकेशन एजेन्सीले भने स्कुल बन्द गर्दा विद्यार्थीको भविष्यमा नै असर गर्ने भन्दै सरकारको निर्णयको आलोचना गरेको छ। यद्यपि सरकारले भने शिक्षकले नियमित रुपमा होमवर्क दिने भएकाले स्कुल नलागेपनि उनीहरुलाई पढनमा कुनै कठिनाई नहुने भएको छ।

सरकाले विद्यालय बन्द गरेपछि ३० देखि ४० प्रतिशत सम्म ट्राफिक जाम कम हुने आँकलन गरेको छ। जसका कारण खेलाडी समयमा नै मैदानमा पुग्ने स्थानिय सरकारको विश्वास रहेको छ।ट्राफिक जामका लागि विश्वकै सर्वाधिक खराव देशका रुपमा इन्डोनेसिया रहने गरेको छ।

२०१६ मा स्याटेलाइटबाट लिएको एक तस्विरमा जकार्तालाई ट्राफिक जाममा सर्वाधिक खराब शहरको शिर्ष स्थानमा राखिएको थियो। ४० किमी दुरी पुरा गर्न जर्कार्तामा २ देखि साढे दुई घन्टा लाग्ने गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.