|

भद्रपुर (झापा) : अर्जुनधारा नगरपालिका–११ का ७० वर्षीय मानबहादुर बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका छन्। बानियाँले ११ वर्षीया बालिकालाई शुक्रबार दिउँसो बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

प्रहरीका अनुसार सानीआमा घरमा बस्दै आएकी ती बालिकालाई छिमेकी वृद्ध बानियाले घरमा कोही नभएको मौका छोपी गोठमा लगेर बलात्कार गरेको जनाइएको छ।

बलात्कारपछि कमजोर भएकी बालिकाले शुक्रवार साँझ घटनाबारे सानीआमालाई बताएपछि घटना सार्वजनिक भएको हो। बालिका बलात्कृत गर्ने वृद्ध बानियाँलाई स्थानीयको सहयोगमा प्रहरी शुक्रबार राति नै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए। उनलाई सालबारीस्थित आफन्तको घरबाट पक्राउ गरिएको हो। 

बलात्कृत बालिकालाई स्वास्थ्य परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ। बानियाँलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा थुनामा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

झापामा १५ दिनको अवधिमा घटेको बलात्कारकार घटनामध्ये यो तेस्रो घटना हो। यस अवधिमा अर्जुनधारा नगरपालिका–२ मा चार वर्षीय बलात्कृत र सोही वडाको झेलेनीमा १३ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.