दैनिक ६ घण्टा सुत्नु पर्याप्त

|

सुत्नु स्वास्थ्यका लागि लाभदायक हो। थकान मेट्न सुत्नु लाभदायक मानिन्छ तर दैनिक आठ घण्टाभन्दा बढी सुत्नु भनेको उमेरै नपुगी मृत्युलाई निम्तो दिनु हो। 

अमेरिकाको एक अध्ययनले दैनिक आठ घण्टाभन्दा बढी सुत्ने व्यक्तिको चाँडै मृत्यु हुने जनाएको छ। अमेरिकाको किले विश्वविद्यालयको सन् १९७० देखि २०१७ सम्म ३० लाख मानिसमा गरेको अध्ययनले दैनिक आठ घण्टा भन्दा अधिक सुत्ने मानिसमा 'हार्ट अट्याक' भई मृत्यु हुने देखाएको छ। 

धेरै सुत्नेलाई सुतेकै बेलामा श्वासप्रश्वासमा बाधा पुग्ने जनाइएको छ। अध्ययनमा वैज्ञानिकहरूले सात घण्टासम्म सुत्ने मानिसभन्दा ३० प्रतिशतले बढी मानिसको मृत्यु हुने जनाइएको छ। 

त्यस्तै अष्ट्रेलियाको सिड्नी विश्वविद्यालयले पनि अधिक सुत्ने मानिसको मस्तिष्कमा अक्सिजनको कमी हुने र स्मरणशक्तिमा समेत ह्रास आउने जनाइएको छ। त्यस्तै निद्रा पर्याप्त नभए मानसिक स्वास्थ्यमा समेत असर पुग्ने जनाइएको छ। अध्ययनले दैनिक ६ घण्टा सुत्नु पर्याप्त हुने जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.