|

काठमाडौं : सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल)को दोस्रो खेलमा तीन ओभरमा एक ओभर मेडन फाल्दै १७ रन मात्र दिएर एक विकेट लिएका छन्। 

सन्दीपको उत्कृष्ट प्रदर्शनमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले ट्रिन्बागो नाइट राइडर्समाथि ४२ रनको जित निकालेको छ।  टस हरेर सेन्ट किट्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०३ रन बनाएको थियो। २०४ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको नाइट राइर्डसले निर्धारित ओभरमा अाठ विकेट गुमाएर १६१ रन मात्र बनाउन सक्यो।

तीन खेलबाट दुईमा जित र एकमा हार व्यहोर्दै नाइट राइडर्स अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने दुई खेल खेलेको किट्सको पनि एक खेलमा हार र एक खेलमा जित दर्ता गर्दै समान दुई अंक नै रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.