|

बैतडी : केही दिनदेखिको लगातारको वर्षाका कारण सडकमा पहिरो खस्दा आइतबार बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। बैतडीको सिगास गाउँपालिका ९ श्रीभावरमा आइतबार बिहान साढे ६ बजे पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको  छ।

पहिरो खस्दा राजमार्ग पूर्णरूपमा बन्द हुँदा सवारी साधन चल्न सकेका छैनन्। यातायातका साधन पूर्णरूपमा बन्द हुँदा लामो तथा छोटा दूरीका यातायातका साधन रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन्। अवरुद्ध सडक डोजरको सहयताले खुलाउने प्रयास भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.