|

काठमाडौं : केपी ओली नेतृत्वको सरकारले सरकार गठन भएको पाँच महिनामा गरेको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको उक्त ‘रिपोर्ट कार्ड’ ७२ पृष्ठ लामो रहेको छ।

७२ पृष्ठको कार्यप्रगति विवरणमा सिन्डिकेटको अन्त्य, सुन तस्करमाथि कारबाही, विकास निर्माणका काममा द्रुत गती, औचित्यहीन विदेश भ्रमण नियन्त्रण, सुरक्षाकर्मी दुरुपयोग अन्त्य लगायतका विषयलाई सरकारले आफ्नो प्रगतिमा हाइलाइट्स गरेको छ। 

सामाजिक सुरक्षा भत्तामा पारदर्शीता र राजदूत नियुक्तीमा मापदण्ड तय गरिएको विषयलाई पनि सरकारले मुख्य कामको सुचीमा राखेको छ। सरकारले सुन तस्करहरूलाई कारबाही गरिएको भनेर रिपोर्ट कार्ड बाँडेको भए पनि बहुचर्चित ३३ किलो सुन तस्करीका नाइकेमाथि कारबाही हुन सकेको छैन्। सरकारले त्रिभुवन विमानस्थलबाट बाहिरिएको भनेको सुन समेत पत्ता लगाउन सकेको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.