|

भक्तपुर : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१४ घर भई हाल भक्तपुर नगरपालिका-१० भत्केकोपाटी बस्ने ४२ वर्षीय शंकर तामाङ मृत अवस्थामा फेला परेका छन्। तामाङ हनुमन्ते खोलामा मृत अवस्थामा फेला परेका हुन्।

हनुमन्ते खोलाले बगाई ल्याउँदै गरेको अवस्थामा प्रहरीले मध्यपुर थिमि-४ शंखधरचोकस्थित चाणक्य कलेजको पछाडिबाट तामाङको शव निकालेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत एवम् प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। ‘शवको हुलिया र मानिस हराएको भन्ने उजुरीको हुलिया मिल्न गए पछि निवेदकलाई बोलाई सनाखत गर्दा शव तामाङको भएको पुष्टि हो,’उनले भने।

शवको पोष्टमार्तमको लागि भक्तपुर अस्पतालको शव गृहमा पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको उनले बताए। यसैगरी मध्यपुर थिमि-४ स्थित नेपाल कोरियामैत्री अस्पताल नजिकको ऐतिहासिक विष्णुकुण्डल पोखरीमा आइतवार एक युवकको डुबेर मृत्यु भएको छ। साथीहरूसँगै पौडी खेल्न गएका सिन्धुपाल्चोक बराम्ची-३ घरभई हाल मध्यपुर थिमि-७ भिमसेनचोक बस्ने १८ वर्षीय विवेक अधिकारीको डुवेर मृत्यु भएको हो।

पौडी खेल्ने क्रममा सबै साथीहरू पोखरीबाट बाहिर निस्किएको तर अधिकारी ननिस्केपछि स्थानीय र प्रहरीको टोलीले खोजतलाश गर्दा पोखरीमा गाडिएर रहेको अवस्थामा उनको शव निकालेको थियो। माटोले पुरिएर लोप हुने अवस्थामा पुगेको सो पोखरीलाई हाल नगरपालिकाले उत्खनन् गरी पुनर्निर्माण र संरक्षणको कार्य गरिरहेको छ। जनैपूर्णिमामा सो पोखरीमा स्नान गरे छालासम्बन्धी रोग निको हुने जनश्रुती रहेको पाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.