|
File Photo

काठमाडौं :  बझाङको जयपृथ्वी नगरपालिका निवासी गणेश खड्का पूर्वस्वास्थ्य अधिकृत हुन्। खड्काका जेठा छोरा डाक्टर छन्। पोखरामा उनको निजी अस्पताल छ।

खड्काका अर्का छोरा इन्जिनियर छन्। बुहारी क्याम्पसमा पढाउँछिन्। खड्का परिवार गरिबको सूचीमा छ तर खान लगाउन नपुग्ने सोही नगरपालिकाका माना खड्का भने त्यो सूचीमा परेका छ्रैनन् भन्ने खबर नागरिक दैनिकमा छ।  

त्यस्तै बाजुराका जनकराज गिरीको परिवार पनि अतिगरिबको सूचीमा छ। गिरी पूर्वभूमिसुधार सहायकमन्त्री हुन्। त्यस्तै बडिमालिका नगरपालिकाका उपप्रमुख  कविता विष्टदेखि बुढीनन्दा नगरपालिका–१ का अध्यक्ष नृपराज दुवैजना गरिबको सूचीमा छन्। 

पहिलो चरणमा बाजुरा, बझाङ, कैलालीसहित २५ जिल्लमा गरिब परिवार पहिचान गरी परिचयपत्र उपलब्ध गराउने सरकारी नीति छ। २०७० सालमा संकलित तथ्यांकअनुसार गरिबको सूची बनाइएको छ। गरिबलाई पनि तीन वर्गमा छुट्याएर तीन महिना पनि खान नपुग्ने अति गरिबको सूचीमा राख्ने नीति छ। तर संकलित सूचीमा रहेका सबै वास्तविक गरिब भने छैनन्।  हचुवाको भरमा तथ्यांक संकलन गरिएकाले गरिब घरपरिवार सूचीमा पर्न नसहेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.