|

धनगढी :  कांग्रेसले कैलालीको घोडाघोडी नगरपालिकामा गरेको अनिश्चितकालकालीन शैक्षिक हडताल तीव्र आलोचनापछि फिर्ता लिएको छ।  सोमबार साझ एक विज्ञप्ति जारी गर्दै कांग्रेसले शैक्षिक हडताल फिर्ता लिएको जनाएको हो।

घोडाघोडी नगरकार्य समितिका कार्यबाहक सभापति बमबहादुर सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा मंगलबारदेखि शैक्षिक हडताल फिर्ता लिएको उल्लेख गरिएको छ

विद्यालयलाई बन्द हडतालमुक्त राख्ने घोषणा गरेका दलले नै विद्यालयलाई बन्द घोषणा गरेपछि यसको चौतर्फी विरोध भएको  थियो। आफ्नै घोषण पत्र र संविधानविपरित अनिश्चितकालीन आम शैक्षिक हडतालका घोषणा गरेको समाचार प्रकाशन भएपछि तीव्र आलोचना भएको थियो।  

सोमबार जारी गरेको विज्ञप्तिमा भने नगरपालिका जति गैरजिम्मेवारी देखायता पनि कांग्रेस अत्यन्तै जिम्मेवार र संवेदनशील पार्टी भएकोले बालबालिकाको भविष्यलाई मध्यनजर राख्दै आम शैक्षिक हडताल फिर्ता भएको र विरोधका अन्य कार्यक्रम यथावत् रहेको जनाइएको छ। 

कांग्रेसले घोषणा गरेको आम हडतालका कारण आइतबार र सोमबार नगरपालिकाभित्रका हजारौँ विद्यार्थी पठनपाठनबाट बञ्चित भएका थिए। दुई दिनसम्म नगरपालिकाभित्रका ५७ सामुदायिक विद्यालय र ३७ निजी विद्यालयको पठनपाठन अवरुद्ध भएको थियो।

विद्यालयमा राजनीतिक हस्तक्षेप, कांग्रेसले गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.