|

सुनसरी : पेट्रोलियम ढुवानी मजदुरहरूले मंगलबारदेखि पेट्रोलियम पदार्थको ढुवानी अनिश्चित कालका लागि बन्द गरेका छन्। पेट्रालियम मजदुर संघ र स्वतन्त्र मजदुर संगठनको संयुक्त आह्वानमा ढुवानी बन्द गरिएको हो। उनीहरूले सोमबारदेखि नै ढुवानी ठप्प पारेका हुन्।

पेटोलिय पदार्थ ढुवानी बन्द गरिएपछि कोशी अञ्चलका जिल्लाहरूमा पेटोल भर्नेहरुको भीड लागेको छ। दुवै संगठनको नयाँ मापदण्ड अनुसारको तलब, भत्ता वृद्धि गरिनुपर्ने माग राख्दै ढुवानी बन्दको आह्वान गरेका हुन्। नेपाल आयल निगमले टयांकरमा लकिङ सिस्टम लागू गरेपछि पहिलोपल्ट आन्दोलित भएका ढुवानी मजदुरहरूले एकसाता अघि नै विज्ञप्ति निकाली बन्दको चेतावनी दिएका थिए।

नेपाल पेट्रोलियम ट्याकर चालक संघ प्रदेश-१ का अध्यक्ष केशवराज आचार्यले आफ्नो सुविधा बढाउन पेट्रालियम ढुवानी व्यवसायी संघलाई पटक पटक ज्ञापनपत्र दिंदै आए पनि माग पूरा नभएपछि मजदुरहरू आन्दोलनमा उत्रिएको बताए। पेट्रोलियम डिलर्स एशाेसिएशन कोशीका वरिष्ठ उपाध्यक्ष अरविन्द शर्माले ढुवानी मजदुरको समस्या वार्ताद्वारै मिलाउनुपर्ने बताए।

सरकारले अत्यावश्यक वस्तु आपूर्तिमा अवरोध हुने कुनै पनि किसिमको कार्यक्रम गर्न रोक लगाए पनि पूर्वमा पेट्रोलियम व्यवसायी, ट्यांकर संघ, ढुवानी मजदुरले पटक पटक बन्द गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.