|
एजेन्सी

मुम्बई : टर्कीको वित्तीय संकटको प्रभावस्वरूप लगानीकर्ताहरूमा देखिएको त्रासका कारण अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्किएको छ। मंगलबार बजार खुल्दा एक अमेरिकी डलर भारु ७० मा किनबेच भएको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।

पहिल्यैदेखि दबाबमा कारोबार भइरहेको भारतीय मुद्राको स्थिति मंगलबार बिहानदेखि नै खस्केको थियो। टर्कीको मुद्रा लीराको मूल्यमा भारी गिरावट आएसँगै उदीयमान अर्थतन्त्र भएका मुलुकहरूमा त्यसको नकारात्मक प्रभाव देखिएको छ।

गत हप्तादेखि नै टर्कीको झैं दक्षिण अफ्रिका, अर्जेन्टीना, मेक्सिको, ब्राजिल र रसियाको मुद्रा कमजोर हुँदै गएको छ। यी मुलुकहरू बिदेशी पूँजी, खासगरी डलरमा, ज्यादै निर्भर रहेका छन्।

भारतीय रुपैयाँको परिवत्र्य दर अमेरिकी डलरको तुलनामा सन् २०१८ मा कमजोर हुँदै गएको थियो। सन् २०१८ को प्रारम्भमा अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको परिवत्र्य दर ६३.६७ रुपैयाँ थियो।

भारतको सबैभन्दा ठूलो आयात नै खनिज तेल हो। भारतले कूल आवश्यकताको दुई तिहाई तेल आयात गर्दछ। विश्लेषकहरूका अनुसार, कच्चा इन्धनको मूल्यमा हुने वृद्धिले भारतीय मुद्राको अवमूल्यन हुने गर्दछ र लगानीकर्ताका लागि भारतीय रुपैयाँ त्यति आकर्षक रहँदैन।

रुपैयाँमा आएको गिरावटले भारतको चालू खाताको घाटालाई थप वृद्धि गर्नेछ, उनीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.