|

जनकपुरधाम : नेकपाका नेता श्याम यादवलाई प्रहरीले पक्राउ गरेको छ। तत्कालीन नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहेका नेता यादव जिल्ला प्रहरी कार्यालय धनुषामा एक मोटरसाइकल दुर्घटनाबारे बुझ्न गएको बेलामा प्रहरीले उनलाई पक्राउ गरेको हो।

झण्डै एक वर्षअघि जनकपुरधामस्थित पिडारी चोकमा भएको सडक दुर्घटनाको मुद्दाबारे बुझ्न गएका बेला हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पक्राउ परेका यादवलाई जनकपुर अञ्चल अस्पतालमा चेकजाँच गराई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.