|
एजेन्सी

इटाली : इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा एउटा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको उप–यातायात मन्त्रीले मङ्गलबार जानकारी दिएका छन्।

'दुर्भाग्यबस दु:खद् घटनामा २२ जना नागरिकको मृत्यु भएको खबर सुनाउनु परेको छ', उनले भने। घटनामा परी केही अन्य मानिसहरू पनि सम्पर्कमा नआएका र केहीलाई सख्त घाइते अवस्थामा अस्पताल लगिएकोले मृतक सङ्ख्यामा वृद्धि हुनसक्ने उप–मन्त्री एडोआर्डो रिक्सीलाई उद्धृत गर्दै इटालीको टेलिभिजन च्यानल स्काई टिजी २४ ले जानकारी गराएको छ।

ए १० सडकअन्तर्गतको पुल भत्किएर रेलमार्गमा खसेको र केही व्यक्ति सम्पर्कमा नआएकाले पुलको भग्नाबशेषमा परेको आशंकामा त्यसलाई हटाउने कार्य स्थानीय नागरिक र सुरक्षाकर्मीले संयुक्त रूपमा गरिरहेको मन्त्री रिक्सीले बताए।

पुल भत्किएसँगै केही कार र ट्रकहरू भग्नाबशेषमा फसेका छन् भने पुलबाट सिमेन्टले बनेका पथ्थरका ठूलाठूला टुक्राहरूले नजिकैका घरहरूमा समेत क्षति पुगेको बताइएको छ।

इटालियाली सञ्चारमाध्यमका अनुसार मोरान्डी पुलको २०० मिटर भाग भत्किएको छ। पुल ग्रीनबीच समय अनुसार मङ्गलबार बिहान १० बजे भत्किएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.