|

बारा : ढाँडामा बाधेर लागुऔषध गाँजा तस्करी गर्ने दुईजना भारतीय नागरिक बारामा मंगलबार पक्राउ परेका छन्। प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित अम्लेखगंज–डमरपुर सडकखण्डको चकरी गाउँ नजिकबाट भारतको मोतिहारी नरकटियाका लक्ष्मण साह र रक्सौलका पासपत साहलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय अम्लेखञ्गबाट खटिएको मोटरसाइकल गस्ती टोलीले चेकजाँज गर्ने क्रममा शरीर खानतलासी गर्दा पासपतले छाती तथा ढाडको भागमा बाधी लुकाइछिपाई ल्याएको अवस्थामा पक्राउ परेका हुन्।

प्रहरीले उनको साथबाट तीन किलो २०० ग्राम लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जित सिंह राठौरले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई बारा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय सिमरामा राखेर आवश्यक अनुसन्धान प्रवक्ता राठौरले बताए।

प्रतिबन्धित तयारी कुखुरा नष्ट

प्रहरीले कलैया उपमहानगरपालिका–१ स्थित सडकमा भारतबाट भंसार छली चोरी पैठारी गरी नेपाल भित्राइएको अवस्थामा पक्राउ गरेको अवैध कुखुरा नष्ट गरेको छ। करिब ३७ हजार रुपैयाँ मूल्य बराबरको प्रतिबन्धित तयारी कुखुरा ७४ वटा वेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

बरामद् खुकुरा जिल्ला पशु सेवा कार्यालय बारा तथा कुखुरा व्यवसायी संघ बाराका प्रतिनिधिको उपस्थितिमा प्रहरी कार्यालय बाराको उतरतर्फ खाल्डो खनी पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राठौरले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.