|

डडेल्धुरा : प्राकृतिक विपदको दृष्टिले अति संवेदनशील डडेल्धुरा भित्री मधेसमा बर्सेनि ७/८ जनाको बाढीकै कारण मृत्यु हुने गर्छ। यहाँ रहेका रंगुन नदी, पुन्तुरा खोला र सादनी खोला तर्ने पुल नहुँदा यस क्षेत्रका नागरिकले जोखिम मोलेर नदी तथा खोला पार गर्दै आएका छन्।

रंगुन नदीमा पुल निर्माणाधीन छ। उक्त पुल निर्माण भइसक्न अझै वर्षौं लाग्ने स्थानीयको अनुमान छ। दैनिक कामकाजका लागि जोखिम मोलेर रंगुन नदी तर्नुपर्ने यहाँका नागरिकको छ। 

परशुराम नगरपालिकाका परिगाउँ, रज्यौडा, सिमल्टा, कटाल, शीर्ष, सादनी, करालीलगायतका वासिन्दाले ज्यान जोखिममा राखेर नदी तर्न पर्ने बाध्यता छ। सरकारी कामकाज, बैंकिङ कारोबार, व्यापार, अस्पताल जाँदा समेत नदी तरेर जोगबुढा आउने गरेको परशुराम नगरपालिका–६ करालीका स्थानीय भूपेन्द्र धामीले बताए।

यस्तै, सादनी र पुन्तुरा खोलमा पुल नहुँदा वर्षातको समयमा नागरिकले अकालमै ज्यान गुमाउँदै आएका छन्। वर्षातको समयमा त्यस क्षेत्रका विद्यार्थीहरु जोखिम मोलेर नदी तरेर विद्यालय जान बाध्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.