|

बैतडी : दोगडा केदार गाउँपलिकाले चालू आर्थिक वर्षदेखि विद्यालय उमेर समूहका टुहुरा बालबालिकालाई मासिक दुई हजार भत्ता दिने भएको छ। टुहुरा बालबालिकाको पढाइमा रकम अभाव नहोस् भन्ने उद्देश्यले मासिक दुई हजार भत्ता दिन लागिएकोे गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताए।

'टुहुरा बालबालिकाले आमा बुबा नभएकाे महसुस नगरुन् र उनीहरूको पढाइमा समस्या नहोस् भनेर भत्ता दिन लागेका हौं',  उपाध्यक्ष पार्वती कार्कीले भनिन्। टुहुरा बालबालिकालाई दिइने भत्ताले बालबिवाह न्युनीकरणमा समेत टेवा पुग्ने उपाध्यक्ष कार्कीले बताइन्। भत्ताले गरिबी र अशिक्षा कारण २० वर्ष नपुग्दै गरिने विवाहको पनि अन्त्य हुने उनले विश्वास गरिन्।

गाउँपालिकाले टुहुरा बालबालिकाहरुको तथ्यांक संकलन गरिरहेको जनाएको छ। १८ वर्षमुनिका आमा बुबा गुमाएका टुहुरा बालबालिकालाई भत्ता दिनको लागि तथ्यांक संकलन गर्न थालेको गाउँपालिकाले जनाएको हो ।

गाउँपालिकाकाअाठवटै वडाका अध्यक्षहरुलाई टुहुरा बालबालिकाको तथ्यांक संकलन गर्न गाउँपालिकाले निर्देशन दिइसकेको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए। उनले भने, 'आमाबुबा दुवै गुमाएका र संरक्षक पनि नभएका बालिबालिकाको लागि थप व्यवस्था गर्न गाउँपालिकाले भत्ता दिने निर्णय गरेको हो।'

टुहुरा बालबालिकाको भत्ताको लागि गाउँपालिकाले महिला तथा बालबालिकाको रकमबाट दुई लाख ४० हजार रकम छुट्याएको जनाएको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.