|

रौतहट : रौतहटको सदरमुकाम गौरस्थित जुद्ध उच्च माध्यामिक विद्यालयका लेखा सहायकलाई बुधबार दिउँसो घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। सो विद्यालयका लेखा सहायक प्रमोद ठाकुरलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौँडाको टोलीले नगद ४५ हजार घुससहित रंगेहात पक्राउ गरेको हो।

उक्त विद्यालयको भवन निर्माणको ठेक्का लिएको निर्माण कम्पनीबाट ठाकुरले घुस लिँदा दिर्दै पक्राउ परेका हुन्। निर्माण कम्पनीसँग पटकपटक घुस मागेको सूचनाका पाएपछि अख्तियारले निगरानी गरेर लेखा सहायक ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाका डिएसपी गोविन्द अधिकारीको टोलीले पक्राउ गरेको थियो। ठाकुर प्राविका तहका शिक्षक पनि हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.