|

गुल्मी : जिल्लाको गुल्मी दरबार गाउँपालिका ३ राजामा आपसमा बस ठोकिँदा चारजना घाइते भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। बुटवलबाट तम्घास आउँदै गरेको लु १ ख ८३७७ नम्बरको बस र तम्घासबाट बुटवल जाँदै गरेको लु १ प ७०४२ नम्बरको बस आपसमा ठोकिँदा बसमा सवार चारजना घाइते भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव निरीक्षक शिवबहादुर खत्रीले जानकारी दिए।

घाइते चारैजनाको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको खत्रीले बताए। घाइतेहरूको सामान्य अवस्था रहेको जिल्ला अस्पताल गुल्मीले जनाएको छ।  दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको र दुवै सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.