|

काठमाडौैं : नेकपा एमाले र माओवादी केन्द्रका १ सय ५७ सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसदमा महाअभियोग दर्ता गरेका छन्। 

संसदले महाअभियोग सिफारिस समिति गठन गरेलगत्तै महाअभियोग प्रस्ताव दर्ता गरिएको हो। संयोगले प्रमुख आयुक्त कार्की पनि प्रस्ताव दर्ता भएकै दिन क्यानडाबाट स्वदेश फर्किएका छन्।

महाअभियोग पत्रमा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालको हस्ताक्षर छ। त्यस्तै, माओवादीबाट उर्जामन्‍त्री जनार्दन शर्मासहित ४० जनाले हस्ताक्षर गरेका छन्। सर्वोच्च अदालतले उपस्थित हुन आदेश दिँदा पनि अटेर गरेर अदालतको अपहेलना गरेको आरोप उनीमाथि लगाइएको छ।

महाअभियाेग प्रस्ताव दर्ता भएपछि यसको टुंगो नलागेसम्म सम्बन्धित पदाधिकारीले काम गर्न नपाउने वा भूमिका निलम्बित हुने संवैधानिक प्रावधान छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.