|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले १४ जिल्लाको नेतृत्व टुंगो लगाएको छ। नेकपाका पूर्वघटक पार्टीका जिल्ला नेताको जिल्ला स्तरमै बनेको कार्यदलले अहिलेसम्म १४ जिल्लाको पार्टी अध्यक्षको टुंगो लगाएका हुन्।

प्रदेश ५ का १२ वटै जिल्ला अध्यक्षको टुंगो लागको छ। मोरङ, मुस्ताङलगायत जिल्लाको पनि अध्यक्षको अन्तिम टुंगो लागेको समाचार अन्नपूर्ण पोस्टमा छ।
 
प्रदेश ५ का १२ जिल्लामध्ये सात वटामा पूर्वएमाले र पाँच वटामा पूर्वमाओवादीका नेताले अध्यको जिम्मेवारी पाएका छन्। 

कर्णाली प्रदेश र प्रदेश २ मा भने पूर्वघटकले बराबरी जिल्लाको नेतृत्व बाँडफाँड गर्ने समझदारी गरेका छन्। प्रदेश १ को मोरङको जिल्ला अध्यक्षमा पूर्वएमालेले पाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.