|

ओखलढुंगा : ओखलढुंगाका ४ स्थानीय तहमा अझै बैक पुगेका छैनन्। ईन्टरनेटतथा भवन अभावको कारण देखाउँदै अझै बैकहरु स्थानीय तहमा नपुगेका हुन्।

चिसंखुगढी गाउँपालिकामा साउन १ गते भित्र कुमारी बैंकको शाखा आउने भएपछि कार्यालयका लागि भवन समेतको खोजीदिएको थियो। तर, इन्टरनेट नभएका कारण देखाउँदै बैंक स्थानीय तहमा जान नसक्ने भएपछि संघीय सरकारको ध्यानाकर्षण गराउन गाउँपालिकाले  कर्मचारीको तलव र सामाजिक सुरक्षा भत्ताबाहेकका सबै विकास निर्माणका काम समेत रोक्ने घोषणा गरेको छ। बैंक र इन्टरनेट सेवा नभएसम्म काम सुचारू नगर्ने भन्दै गाउँपालिकाले घोषणा गरेर संघीय सरकारका मन्त्री र संसदहरूलाई ध्यानाकर्षण गराएको छ। गाउँपालीकाको माग पूरा नभएसम्म आफुहरुले कुनै पनि काम सुचारू नगर्ने गाउँपालीकाले बताए। 

चिसंखुगढी गाउँपालिकाजस्तै जिल्लाका अरू तीन स्थानीय तहले पनि बैंक ल्याउनका लागि सक्दो हारगुहार गरिरहेका छन्। सरकारको गत असार मसान्तभित्र सबै गाउँपालिकाको केन्द्रमा बैंक स्थापना गर्ने नीति भए पनि जिल्लाका चार स्थानीय तहमा अझै बैंक गएका छैनन्। एक नगरपालिकासहित आठ स्थानीय तहमध्ये चार तहमा मात्रै बैंकका शाखा छन्। सिद्धिचरण नगरपालिका र मानेभञ्ज्याङ गाउँपालिकामा राष्ट्रिय बाणिज्य बैंकका शाखा छन्  भने खिजीदेम्बा गाउँपालिकामा मेगा बैंक र मोलुङ गाउँपालिकामा सनराइज बैंकले गत असारबाट कारोबार थालेका छन्। चिसंखुगढी, सुनकोसी, चम्पादेवी र लिखु गाउँपालिकामा बैंकका शाखा छैनन्। स्थानीय तहमा बैंक नहुँदा वित्तीय कारोबार गर्नका लागि कर्मचारी नै सदरमुकाममा खटाएर राख्नु पर्ने अवस्थारहेको सुनकोशी गाउँपालीकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीको भनाइ छ।

जिल्लाका बैंक नभएका स्थानीय तहका केन्द्रमा बैंक राख्न राष्ट्र बैंक र अर्थ मन्त्रालयमा पहल भइरहेको जिल्लाका जनप्रतिनिधिहरूले बताएका छन्। गाउँमा बंैक नभएका कारण जनताले दुःख पाएका छन सरकारले गाउँ जान भने पनि बैंकहरू नगएका विषयमा छलफल भइरहेको संघीय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारले बताए। 

स्थानीय तहमा बैंक नभएपछि नागरिकलाई प्रवाह गरिने सेवा प्रभावित भएका छन् भने विकास निर्माणका काममा स्थानीय तहले गर्ने खर्चमा पनि कमि देखिएको गुनासो बढेको छ। स्थानीय सरकारको माग सुनुवाइ नभएको भन्दै गाउँपालीका प्रमुखहरू आक्रोशित बनेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.