|

काठमाडौं : श्रावण शुक्ल पञ्चमी सनातन हिन्दू धर्मावलम्बीहरूले बिहीबार नागपञ्चमी पर्व मनाएका छन्। यो दिन बिहान मूलढोकामा नागको तस्विर टाँसी विभिन्न फलफूल चढाई पूजा गर्ने परम्परा छ। शास्त्रमा अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी नागका आठ प्रकारका नाग हुने बताइएको छ। 

प्रत्येक गृहस्थाश्रमीले आफ्नो गृहद्वारका दुवैतर्फ गोबरद्वारा निर्मित नाग वा सर्पको मूर्ति बनाएर घ्यू, दूध आदिले धारा दिई दुवो, धानको लाबा आदि पदार्थहरू चढाई गन्ध, पुष्पादिले पूजा गरी नागको आराधना गर्नुपर्ने विधि पुराणमा उल्लेख छ।  यसरी विधिपूर्वक नागको पूजा आराधना गर्नाले नागहरू प्रसन्न हुने र वर्षभरि सर्प, बिच्छी आदि विषालु जीवहरूको भय हुँदैन भन्ने मान्यता छ। 

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको हो। वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो। 

यसै गरी आज नाग पञ्चमीको दिन देशै भरी बिभिन्न नाग देवताका मन्दिर हरुमा बिभिन्न किसिमले पाठपूजाका कार्यक्रम गरेर मनाइन्छ। उपत्यकामा आज पशुपतिको वासुकी, नागपोखरी, टौदह, नागदहलागायत  स्थानमा मेला पनि  लाग्दछ। 

काठमाडौंको नाग पोखरीमा नाग पुजा गरिएका केही दृश्य :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.