कांग्रेसले विषयमा समर्थन जनायो तर हस्ताक्षर गरेन

|

दलहरु मिलेपछि केही कुरामा ढिलाई हुन्न भन्ने प्रमाण हो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विषयमा दर्ता भएको महाअभियोगको प्रस्ताव।

कांग्रेस एमाले र माओवादीबीच आज दिउँसो महाअभियोग प्रस्ताव दर्ता गर्ने विषयमा लामो छलफल भयो। एमाले र माओवादी केन्द्र महाअभियोग प्रस्ताव दर्ता गराउनका लागि हस्ताक्षर गर्न तयार भए। कांग्रेसले यस विषयमा सहमति जनायो। तर  हस्ताक्षर गर्न तयार भएन।

लोकमानसिंह कार्कीको क्रियाकलापमा दलहरुको पहिलेदेखि नै निगरानी थियो। यस विषयमा यसअघि पनि  हामीले थुप्रैपटक परामर्श गर्‍यौ। तर विविध कारण महाअभियोग प्रस्ताव दर्ता हुन ढिलाई भयो। ढिलै भएपनि लोकमानसिंहलाई ट्रयाकमा ल्याउन संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको छ। जून, निकै सकारात्मक कुरा हो।

आज पौने ५ बजे प्रस्ताव दर्ता भएपनि दिउँसोदेखि नै हस्ताक्षर संकलन भएको थियो। उपलब्ध सांसदहरुले सही गर्‍यौ र संसद सचिवालयमा उनी विरुद्धको महाअभियोग प्रस्ताव दर्ता गरायौं। यो विषय छिट्टै निष्कर्षमा पुग्छ भन्ने हाम्रो अपेक्षा छ।

(महाअभियोग प्रस्तावका समर्थक एमाले प्रमुख सचेतक भानुभक्त ढकालसँग शिशिर ढकालले गरेको टेलिफोन कुराकानी।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.