|
फाइल तस्बिर

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आगामी बैशाखभित्र काठमाडौं उपत्यकाको सम्पूर्ण सडकको उचित व्यवस्थापन गर्ने घोषणा गरेका छन्।

मन्त्री महासेठले विगतका सरकारका कमीकमजोरीका कारण काठमाडौं उपत्यकाको सडकको अवस्था अस्तव्यस्त बन्न गएको दावी पनि गरे। उनले वर्तमान सरकार गठन भएयता काठमाडौंको सडकमा सुधार आएको उल्लेख गर्दै आगामी बैशाखभित्र सबै खाल्डाखुल्डी पुरेर कालोपत्रेसमेत गर्ने घोषणा गरे।

संघीय संसद विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा समितिका सदस्यहरुले उठाएको प्रश्नहरूको जवाफ दिँदै मन्त्री महासेठले मेलम्ची खानेपानी आयोजना व्यवस्थापनका कारण पनि काठमाडौंको सडकको उचित व्यवस्थापनमा समस्या आएको पनि स्पष्टिकरण दिए।

मन्त्री महासेठले पूर्वाधार निर्माणको कामलाई अघि बढाउन ऐनमै समस्या देखिएको उल्लेख गर्दै त्यसमा सुधार ल्याउन पनि सरकारले ऐन संशोधनको कामलाई अघि बढाउनु परेको पनि स्मरण गराए। मन्त्री महासेठले वर्षातको समयका कारण पनि सडकको उचित व्यवस्थापनको काम अघि बढाउन कठिनाई भइरहेको पनि बताए।

बैठककमा समितिका सदस्यहरूले पूर्वाधार तथा यातायात क्षेत्रको विकासका लागि स्थानीय र प्रदेश सरकारसँग मिलेर काम हुने गरी नीतिगत निर्णय लिन पनि मन्त्री महासेठको गम्भीर ध्यानाकर्षण गराएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.