|

काठमाडौं :  केन्द्रीय कारागारका एक कैदीको मृत्यु भएको छ। लागुऔषध मुद्दामा २०७० साल असोज १५ गते जेल परेका ४० वर्षका अरुण कार्कीको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो।

काठमाडौं चावहिलका कार्कीलाई रोगले च्यापेपछि बुधबार वीर अस्पताल लगिएको थियो। वीरमा उपचार हुन नसकेपछि ललितपुरको किस्ट अस्पताल लगिएकोमा बिहीबार राति २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.