|

संखुवासभा : संखुवासभा जिल्ला समन्वय समितिको कार्यालयमा आर्थिक वर्ष ०७४\७५ मा निकासी ठेक्का बाट ५२ लाख १२ हजार रुपैयाँ भ्रष्टाचार भएको खुलेको छ। कार्यालयको बैंक खातामा जम्मा हुनुपर्ने राजस्व रकम जम्मा नगरी नक्कली स्रेस्ता बनाएर राजस्व अपचलन गरिएको हो। 

गुराँस निर्माण सेवा कम्पनीले  कबोल भ्याट रकम ७७ लाख ७८ हजार २२ रूपैया तिन किस्तामा बुझाउने गरी मिति ०७४ असोज ६ मा जिल्ला निकासी ठेक्का सम्झौता भएको थियो। गुराँस निर्माण कम्पनी तत्कालीन जिल्ला विकास समितीको कार्यालयमा कार्यरत आन्तरिक लेखाप्रमुख दावा भोटेको छोरा पिमा भोटेकोे नाममा दर्ता भएको संस्था हो। 

ठेकेदारले कम्पीले पहिलो किस्ता रकम ०७४ कात्तिक मसान्तभित्र २६ लाख ५ हजार ६३६ तोकिएकै समयमा जम्मा गरेको थियो। तर ०७४ फागुन मसान्तभित्र जम्मा गर्नुेपर्ने दोस्रो किस्ताको २६ लाख ५ हजार ६३६ रुपैयाँ तोकिएको समय अवधिमा जम्मा नभएपछि समन्वय समितिको कार्यालयले ०७५ साउन ३ गते कृषि विकास कार्यालयलाई पत्रचार गरेको थियो। उता कृषि विकास बैंक शाखा कार्यालय खाँदबारीले ०७४ असोज गते नै नक्कली स्रेस्ता मार्फत धितो जवानी फुकुवा भएको जवाफ समन्वय समितिलाई पठाएपछि यस्तो रहस्य खुलेको हो। 

सम्झौताअनुसार जिल्ला समन्वय समितिको कार्यालयलाई बुझाउनुपर्ने पहिलो किस्तावापतको  रकम सम्झौता गरिएकै समयमा बुझाइसकेको थियो भने बाँकी दोस्रो र तेस्रो किस्तावापतको रकम बैंक खातामा जम्मा गर्नु पर्ने भए पनि गुराँस कम्पनीले जम्मा  गरेको थिएन।

सरकारी कागजातहरुको  दुरूपयोग

तत्कालीन जिल्ला विकास समितिको कार्यालयमा कार्यरत आन्तरिक लेखा शाखाका प्रमुख दावाले आफू पदमा भएको बेला सिण्डिकेट खडा गरी जिल्लाको निकासी कर  आफ्नै छोरालाई दिएको स्थानीय बासिन्दाको अारोप छ। हाल उनी धर्मदेवी नगरपालिकामा कार्यरत छन्। उनले गत आर्थिक वर्ष ०६९\७० र ०७४\७५ मा उठेको राजस्व समेत अपचलन गरेको पाइएकोले कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको जिल्ला समन्वय समितिका सभापति सुमन शाक्यले  बताए।

दावाले पदमा भएको बेला आर्थिक वर्ष ०६९\७० मा पनि  खाँदबारी नगरपालिका–९ का शेरबहादुर गुरूङको नाममा रहेको ठेक्का कम्पनी र अाफ्नै जग्गा पनि जमानत राखेका समन्वय समितिको भनाइ छ। भोटेले अन्तिम किस्ता बापतको रकम नबुझाई आर्थिक अधिकार नभएको व्यक्ति तत्कालीन जिल्ला प्राविधिक कार्यालयका निमित्त स्थानीय विकासअधिकारी सञ्जय शाहमार्फत जमानतपत्र अनुसारको रकम कार्यालयमा दाखिला गर्न बैंकलाई पत्राचारको नाटक गरेका थिए। उनले पत्र लुकाएर म्याद गुजारेको समन्वय समितीको आरोप छ। 

उनलाई रकम असुल उपर गर्न भनि अख्तियार कार्यालयबाट पटक–पटक पत्राचार गर्दा समेत अहिलेसम्म  १५ लाख ८ सय रूपैया रकम बुझाउँन अटेर गरिरहेको समन्वय समितीले जनाएको छ। 

गुराँस निर्माण सेवा कम्पनी जिल्ला विकास समितिको कार्यालयका  दावा भोटेको छोरा पिमा भोटेको नाममा रहेको कम्पनी हो। जिल्ला समन्वय समितीले आर्थिक बर्ष ०७४/०७५ को जिल्ला निकासी ठेक्का सम्झौता गरेको थियो।  

निर्माण कम्पनीले समन्वय समितीलाई दाखिला गर्न बाँकी दोस्रो र तेस्रो किस्ता राजस्व रकम उपलब्ध गराइदिन पत्राचार गर्दा कार्यालयको छाप प्याड दुरूपयोग गरी आर्थिक अधिकार र निमित्तको अधिकार दुवै नभएको कर्मचारी सुभाषचन्द्र कुइँकेलको सही मिलाइ भोटेले नक्कली हस्ताकक्षर गरी  चलानी नम्बर ६११ राखी निमित्त स्थानीय विकास अधिकारीको ठाउँमा पनि कर्मचारी कुइँकेलकै हस्ताक्षर गरी कृषि विकास बैंक शाखा कार्यालय खाँदवारीबाट ०७४ असोज ६ गते देखि तीन सय ३० दिनसम्म कायम हुने गरी ५२ लाख १२ हजार को जवानीपत्र पेश गरेको प्रमाण फेला परेको कार्यालयको भनाइ छ। 

कार्यालय बेरुजु

जिल्ला समन्वय समिति मातहतका अन्य थुप्रै ठेक्काहरूको राजस्व अपचलन भएको छ। आव ०६५/०६६ को जिल्ला निकासी ठेक्काबाट खाँदवारी ९ का युवराज कार्कीले बुझाउन बाँकी राजस्व ११ लाख २५ हजार पाँच रूपैया पनि हालसम्म दाखिला हुन सकेको छैन। सोही आर्थिक वर्षको सभा–हेवा तारघाट ठेक्काबाट खाँदवारी ९ का गंगाबहादुर भण्डारीले ३ लाख ८३ हजार ६६० रुपैयाँ बुझाउन बाँकी रहेको जिल्ला समन्वय समितिले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.