|

जाजरकोट : बाढीले पुल बगाएपछि नलगाड नगरपालिकाका सयौं विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन्। बाढीले यहाँको नं. १, २, ३, ४ र ५ मा रहेका खोलाका पुलहरु बगाएपछि विद्यार्थीहरु विद्यालयसम्म जान सकेका छैनन्।

त्रिभुवन माध्यमिक विद्यालय दल्ली, जनकल्यान निम्न माध्यमिक विद्यालयका विद्यार्थीहरु पढाइबाट बन्चित भएको शिक्षक दिनेश ओलीले बताए। रुकुमको आठविसकोट नगरपालिकाबाट पढ्न आउने विद्यार्थीहरु समेत पढाइबाट बन्चित भएका छन्। त्यस्तै, नलगाड–८ को पञ्च भयार मावि र मष्ट प्रावि कायखेतमा पनि बाढीका कारण पठनपाठन बन्द भएको छ।

पुल बगाएपछि दैनिक आवतजावत गर्ने स्थानीयहरु समेत समस्यमा परेका छन्। साविकका लहँ र डाडागाउँ गाविसका स्थानीयहरुको आवतजावत समेत ठप्प भएको छ। यस्तै, खोलाले पानी घट्ट बगाएपछि यहाँका सयौं स्थानीयले अन्न पिस्न नपाउँदा थप समस्य भएको डाडागाउँका चन्द्र पुनले बताए।

झुम्रेखोलामा आएको बाढीले यहाँको कालीमटी र घुवारामा रहेको पुल बगाएको छ। उक्त पुल बगाएपछि बारेकोट गाउँपालिकामा जाने बाटो समेत अवरुद्ध भएको छ। यस्तै, जाजरकोट–डोल्पा सडकखण्ड समेत अवरुद्ध भएको छ। 

नलगाड जलविद्युतको निर्माण स्थल दल्लीमा आउने सडक अवरुद्ध भएपछि आयोजनाको काम ठप्प भएको छ। सुरुङ निर्माणको काम अवरुद्ध भएपछि तीन दर्जन मजदुरहरु बेरोगार भएको स्थानीय लोकेन्द्रविक्रम शाहीले बताए।

बाढीले पुल बगाएका ठाउँमा अस्थायी पुल बानिर्माण गरिने नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए। बाढी–पहिरोबाट भएको क्षतिबारे अध्ययन गर्न नगरपालिकाले कार्यदल गठन गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.