|

दाङ : तुलसीपुर उपमहानगर-१३ तुई खोलाका ६ वर्षीय प्रेम चौधरीले आँखा देख्दैनन्। उनका बुवा कता छन् केही अत्तोपत्तो छैन। आमा दृष्टिविहीन छन्। विद्यालय जाने उमेर भइसकेकाे छ। विद्यालय जान त के खान,बस्नको समेत टुंगो नभएपछि तुलसीपुरको दिदीघरले उनलाई पढाउने जिम्मा लिएकाे छ।

अहिले उनले तुलसीपुरको ग्रेट अरनिको बोडिङ स्कूलमा पढिरहेका छन्। चौधरीको एउटा मात्रै सपना छ। धेरै पढेर आँखाको डाक्टर बन्ने। त्यसैले पनि उनमा आँखाको डाक्टर बन्ने तीब्र इच्छा जागेको छ। त्यसैले चौधरीको आँखा नदेख्नेहरूको उपचार गरेर सुनौलो संसार देखाउने लक्ष्य छ। यस्तै तुलसीपुर-११ की ६ वर्षीया मञ्जु चौधरी  पनि विद्यालय गएकि थिइनन्। उनको जिम्मा पनि दिदीघर संस्थाले लिएपछि अहिले उनले डाक्टर बन्ने लक्ष्य लिएकी छिन्। त्यस्तै सुनौलो भविष्य देखेकी छिन् तुलसीपुर -१० पढ्ढाकी अञ्जना चौधरीले पनि।

उक्त संस्था उनीहरूका लागि एउटा भगवान साबित भएको छ। दिदीघरले उनीहरूको शिक्षा र पालन पोषणको जिम्मा नलिएको भए अहिले उनीहरू सडकमा माग्दै हिड्नुपर्ने अवस्था आउँथ्यो होला। उनीहरूले जीवन यापनका लागि ठूलै संर्घष गर्नुपर्थ्याे होला। तर अहिले यस्तो पवित्र लक्ष्य लिने आधार बनाएको छ दिदीघरले। उनीहरूले विद्यालय जान पाउछौं भन्ने कल्पना पनि गरेका थिएनन्। ‘यसरी स्कूल जान पाइन्छ भन्ने सोँचेको थिइन’ तुलसीपुर १४ की सुस्मिता चौधरीले भनिन्। उनका वुवाको नदीमा डुबेर मृत्युभयो। उनकी आमा अर्कैसँग विवाह गरेर गइन्। त्यसपछि उनको साहारा कोही भएन। 

त्यस्तै तुलसीपुर उपमहानगरपालिका १३ तुईखोलाकी सुष्मा चौधरीको घर खोलाले बगायो। अहिले खोलाकै किनारमा सानो झुप्रो छ। घर र सम्पति खोलाले बगाए पनि उनका वुवाको मानसिक सन्तुलन गुम्यो। उनकी आमा पनि अशक्त भइन्। त्यसपछि उनी विचलीमा परेकी थिइन्। यस्तै तुलसीपुर ११ की मीना चौधरी आफ्नो कुनै घरबास नभएपछि छिमेकीको घरमा बस्दै आएकी थिइन्। तर अहिले दिदी घरले आमावुवाले दिने माया दिएको छ।

खाना बस्न तथा पठनपाठन गराएको छ। यसले उनीहरूको सोँचमा नै परिवर्तन ल्याएको छ। डाक्टर बन्ने पबित्र सोँच बनाउन सक्ने भएका छन्। तुलसीपुरकाे डुम्री गाउँमा रहेको उक्त संस्थाले अहिले ६ जना घरबारवहीन भएका बालबालिकालाई पढाउँदै आएको छ भने खाना बस्न खर्च पनि आफै व्याेहोर्दै आएको छ।

घर नभएका तथा आफन्त नभएकाहरूलाई शिक्षा दीक्षा दिएर ठूलो मान्छे बनाउने संस्थाको लक्ष्य रहेको अध्यक्ष श्यानी चौधरीले बताइन्। अहिले आफ्नै सन्तान जसरी ती बालबालिकालाई माया दिइरहेका छन्। ती बाल बालिकाले पनि आफ्नै घरमा बसे जस्तो आभास गर्ने गरेको बताउँछन्। चौधरी समुदायका बालबालिकालाई त्यहाँ राखेर पालनपोषण गरिँदै आएको छ। आफ्नै घरमा संस्था राखेर पालन पोषण गरिरहेको अध्यक्ष चौधरीले बताइन्। ती विद्यार्थीलाई साँझ विहान संस्थामै पढाउने वातावरण पनि बनाएको अध्यक्ष चौधरीले बताइन्।

विद्यालय मात्रै पढेर नहुँने भन्दै उनले साँझ बिहान पढाउनका लागि संस्थामा शिक्षिका पनि राखेको उनको भनाई छ। यस अघि पनि आर्थिक अभाव भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्दै आएकी उनले चालु शैक्षिक सत्र २०७५ को बैशाखदेखि ६ जना बाल बालिकालाई राखेर पठन पाठन गराउँदै आएकी छिन्।  उनले यी बालबालिकाको शुनौलो भविष्य देख्ने रहर भएको बताइन्। ‘यी बालबालिकाको सुनौलो भविष्य देख्ने रहर छ’ उनले भनिन्‘ साहाराविहीन भएकाहरू भविष्यमा मेरै कारण ठूला मान्छे भए भने मेरो सन्तुष्टि त्यही हुनेछ।’ २०६१ देखि उनको संस्थाले पिछडिएका, गरिब तथा साहाराविहीन बनेका विद्यार्थीको भविष्य उज्ज्वल बनाउँदै आएकी छिन्। उनले अहिले पनि दाङका ३०० भन्दा बढी बालबालिकालाई सहयोग गर्दै आएकी छिन्। 

उनले सहयोगबाट नै शिक्षा पाएकी पढ्ढाकी उषा चौधरी कक्षा १२ मा राप्ती ववई क्याम्पसमा अध्ययन गर्दै आएकी छन्। आमा वुवा कोही नभएकी उनलाई सोही संस्थाको सहयोगमा नै पठनपाठन गर्ने प्रेरणा मिलेको उनी बताउँछिन्। अहिलेसम्म १५ जनाले कक्षा १० पास गर्न सफल भएको समेत बताइन्। उनले राज्यबाट सहयोग पाए अझै धेरै असहाय बालबालिकालाई शिक्षा दीक्षा दिने बताइन्। ‘राज्य र विभिन्न निकायबाट सहयोग पाए मैले अझै धेरै यस्ता साहारा विहीन बनेका बालबालिकालाई घरमै राखेर शिक्षा दिक्षा दिने योजना बनाएकी छु’ उनले भनिन्‘ यसका लागि राज्य तथा विभिन्न निकायको सहयोग खोजिरहेको छु।’

पढाइमा उत्कृष्ट छन् : प्रिन्सिपल बस्नेत

अहिले ती ६ जना बालिबालिकाहरूलाई तुलसीपुरको ग्रेट अरनिको स्कूलले सहुलियतमा पठनपाठन गराइरहेको छ। नीजि विद्यालय भए पनि साहाराविहीन बनेका बालबालिकाको उज्ज्वल भबिष्यका लागि एकदमै न्यून शूल्कमा अध्ययन गराएको विद्यालयका प्रिन्सिपल मानबहादुर बस्नेतले बताए। उनीहरू अनाथ बालबालिका हुन’ उनले भने‘ 'त्यसैले न्यून शूल्कमा पठन पाठन गराइरहेका छौं।’

ती बालबालिकाहरू पढाइमा पनि उत्कृष्ठ नै रहेको बताए। अहिले अञ्जु चौधरीले कक्षा २ मा पढ्छिन् भने अन्य सबैले युकेजीमा अध्ययन गरिरहेका छन्। प्रिन्सिपल बस्नेतका अनुसार  मञ्जु चौधरी एलकेजीबाट ९८.८ प्रतिशत ल्याएर प्रथम हुन सफल भएकी छिन्। त्यस्तै  त्यस्तै सुस्मिता चौधरीले पनि तेस्रो स्थान ल्याउन सफल भएकी थिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.