|

काठमाडौं : भारतबाट पेट्रोलियम पदार्थ आयातमा एक दुई दिनमात्र रोकिए मुलुकमा पेट्रोलियम पदार्थको हाहाकार हुने भएको छ। पेट्रोलियम पदार्थको खपत बार्षिक २० प्रतिशतले बढेर पनि भण्डारण क्षमता नबढाउँदा पेट्रोल स्टक क्षमता पाँच दिनमा झरेको छ। 

पेट्रोल ढुवानीमा अवरोध भए आम उपभोक्तालाई पेट्रोल आपूर्ति गर्न कठिन हुने आयल निगमले जनाएको नागरिक दैनिकमा समाचार छापिएको छ। निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराइले भने, पेट्रोलियम पदार्थको खपत वृद्धि भए पनि भण्डारण क्षमता बढेन सकेन।

अघिल्लो वर्षको तुलनामा गत अार्थिक वर्षमा पेट्रोल खपत क्षमता २० प्रतिशतले वृद्धि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.