|

बैतडी : जिल्ला अस्पताल बैतडीमा विशेषज्ञ सेवा नहुँदा यस क्षेत्रका नागरिकलाई भारतका निजी अस्पतालमा धाउनुपर्ने बाध्यता रहेको छ। स–सानो किसिमको अप्रेसनका लागि समेत भारत धाउनुपर्ने बाध्यता रहेको दोगडाकेदार गाउँपालिका–२ बडियाका वीरबहादुर भाटले बताए।

जिल्ला अस्पतालमा विशेषज्ञको दरबन्दी नै नभएको र दरबन्दीका डाक्टर समेत जिल्ला अस्पतालमा नभएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. जगदीशचन्द्र विष्टले बताए। अस्पतालमा एक जना नवौं तह र दुईजना आठौं तहका डाक्टरको दरबन्दी रहे पनि अहिले एकजना मात्रै कार्यरत छन्। ‘जिल्ला अस्पतालमा अहिले एक जना मात्रै छात्रवृत्ति करारका डाक्टर कार्यरत छन्,’ डा. विष्टले भने, ‘विशेषज्ञ सेवा नहुँदा बाध्य भएर भारत रेफर गर्नु परेको छ।’

चाँडै उपचार गर्नुपर्ने, दुर्घटनाका बिरामीलगायतलाई भारत रेफर गर्नुको विकल्प नरहेको डा. विष्टको भनाइ छ। अस्पतालले रेफर गरेका कैलाली सेती अञ्चल अस्पताल र उपक्षेत्रीय अस्पताल डडेल्धुरा टाढा रहेकाले बिरामीहरु भारत जाने गरेका छन्। उनीहरुले भारतका निजी अस्पतालहरुमा महँगो शुल्कमा उपचार गर्नुपर्ने बाध्यता छ।

जिल्ला अस्पताल बैतडीमा छ वर्षदेखि सञ्चालनमा रहेको अप्रेसन गरेर प्रसूति गर्ने सेवा बन्द भएको छ। छ महिनादेखि उक्त सेवा बन्द हुँदा अप्रेसन गरेर बच्चा जन्माउनुपर्ने अवस्थाका गर्भवतीहरु भारत तथा जिल्लाबाहिर जाने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.