काठमाडौं : मुस्लिम धर्मावलम्बी बकर–इदले हर्ष र उत्साहका साथ मनाइरहेका छन्। मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रुपमा पनि मनाउने गर्छन्।
इस्लाम महिनाको जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ। बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरुले बकर–इदका अवसरमा नजिकैको मस्जिद इदगाहमा भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरेका छन्। यो इदगाहमा नवाज पढेर एकआपसमा शुभकामना आदान प्रदान गर्ने चलन छ।
बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी दिने गरिन्छ। बलिदानी दिइएको जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरिब परिवार र अर्को भाग आफ्ना लागि राख्ने चलन छ। आजको दिन सार्वजनिक विदा दिइँदै आएकोमा यो वर्षबाट कटौती गरिएको छ। तर प्रदेश १, २ र ५ मा प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।