|

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई प्रहरीले पुनः सर्वोच्च अदालतबाट पक्राउ गरेको छ। 

बिहीबार सर्वोच्च अदालतले थुनामुक्त गर्ने आदेश दिएपछि सर्वोच्च अदालतबाट बाहिरिने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो। 

यसअघि पनि प्रहरीले प्रकाण्डलाई सर्वोच्च अदालतबाट पक्राउ गरेको थियो। 

प्रकाण्डलाई नुवाकोट लगिने काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए। उनविरुद्ध नुवाकोटमा पनि टेलिकम कम्पनी एनसेल टावर आगजनि गरेको अभियोग लागेको लामाले जानकारी दिए। यसअघि पनि उनलाई सर्वोच्च अदालतबाट पक्राउ गर्दा काभ्रेमा एनसेलको टावरमा आगजनि गरेको अभियोग थियो।

प्रकाण्डमाथि नवलपरासी र भोजपुरमा पनि विभिन्न अभियोग लागेका छन्। 

सम्बन्धित समाचार:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.