|

काठमाडौं : देशभरका तीन हजार सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी शून्य भएको छ। कतिपय विद्यालयमा शिक्षक दरबन्दी शून्य हुनु र कतै भने अनावश्यक रूपमा शिक्षक एकै ठाउँमा थुप्रिँदा शैक्षिक सुधारमा समस्या देखिएको छ।

शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलले संकलन गरेको तथ्यांकअनुसार कक्षा १ देखि १० सम्म अध्यापन हुने तीन हजार ५८ सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी शून्य देखिएको छ। आधारभूत तह ९कक्षा १–८० सम्मको कक्षा सञ्चालन भएका दुई हजार पाँच सय ५४ र पाँच सय चार माविमा शिक्षक दरबन्दी शून्य छ।

नयाँ पत्रिका दैनिकका अनुसार आधारभूत विद्यालयमा साबिकको प्राविमा एक हजार चार सय ८३ र निमाविमा एक हजार ७१ मा विद्यालयमा शिक्षक दरबन्दी नै छैन।

त्यस्तै अन्नपूर्ण पोष्ट दैनिक देशभकरका ३० हजार सामुदायिक विद्यालय मध्ये ३ हजार ५८ वटामा सरकारले एक जना पनि स्थायी शिक्षक पठाउन सकेको छैन् भन्दै।  अस्थायी, करार र न्यून तलब सुविधमा काम गरिहरेका सहयोगी कार्यकर्ता तथा अन्य  प्रकृतिका शिक्षकको भरमा ती विद्यालयमा पठनपाठन भइरहेको लेखेकाे छ।  स्थायी दरबन्दी उपलब्ध गराउन नसकिएको अवस्गामा स्थायीसरह सुविधा दिएर नियुक्त गरिएका राहत कोटाका शिक्षक पनि ती विद्यालयमा छैनन्। 

२०५७ सालदेखि वितरण थालिएको राहत कोटाका शिक्षक मुलुकभर ४० हजारको हाराहारीमा छ विद्यार्थीको तुलनमामा शिक्षक धेरै भएका सार्वजनिक विद्यालयको कथा सञ्चारमाध्यममा सार्वजनिक भइरहँदा यति धेरै संख्याका विद्यालयमा एक जना पनि शिक्षक नहुनुले दरवन्दी वितरण प्रणालीमा अधिकारीले मनपरी गरिरहेको तथ्यांकले प्रष्ट पारेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.