|

बैतडी : बैतडीको मेलौली नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता दिने भएको छ। नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि ६० वर्षदेखि ७० बर्षसम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक एक हजारका दरले भत्ता दिने निर्णय गरेको उप–मेयर राधा ओझाले बताइन्। 

एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा हुने भएकाले उनीहरुलाई दोहोरो भत्ता नहुँने गरी भत्ताको व्यवस्था गरिएको हो उनले भनिन् ‘नगरपालिकाभित्र असहाय एकल पुरुषहरु पनि रहेकोले उनीहरुलाई बाच्न सहज होस् भनेर आफूहरुले भत्ता दिने निर्णय गरेको हो।’ 

उनीहरुको मासिक भत्ताका लागि नगरपालिकाबाट अहिले १५ लाख रुपैयाँ छुट्याइएको नगर प्रमुख कृष्णसिंह नायकले जानकारी दिए। अहिले नगरका ९ वटै वडाका विधुरहरुको तथ्यांक संकलनको काम सुरु गरिएको छ। एकल पुरुषको तथ्यांक संकलन भईरहेको र सोही रकम मध्ये अनाथ असहायहरुलाई पनि केही सहयोग गर्ने नगरपालिकाले योजना बनाएको छ। 

यसअघि नगरपालिकाले एचआईभी संक्रमित, हेपाटाइटिस, क्यान्सर जस्ता रोगका बिरामीको प्रकृति हेरेर उपचार खर्चसमेत वितरण गरेको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.