|

चितवन : दक्षिण चितवनको माडीमा बाघको आक्रमणबाट गोठालो गएका व्यक्तिको मृत्यु भएको छ। बाघको आक्रमणबाट माडी नगरपालिका- ९ स्थित गोविन्द बस्तीका ५६ वर्षीय जीतबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घरपछाडि वस्तु लिएर चराउन गएका राई बिहीबारदेखि नै हराएका थिए। खोजी गर्दै जाँदा उनको शव शुक्रबार बिहान ११ बजे स्थानीय गोविन्देश्वर सामुदायिक वनमा फेला परेको प्रहरीले जनएको छ। बाघले टाउको र खुट्टा खाएको अवस्थामा राईको शव फेला परेको थियो। चितवनमा यो आर्थिक वर्ष लागेपछि निकुञ्जबाट निस्किएको बाघले मान्छे मारेको यो दोस्रो घटना हो। 

यसअघि साउनको २१ गते भरतपुर महानगरपालिका-२५ स्थित राप्ती दुन मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी शुशिला डुम्रेलाई बाघले मारेको थियो। उक्त बाघलाई भने नियन्त्रणमा लिएर चितवन निकुञ्जको खोरमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.