उद्धारकार्य जारी

|

रौतहट : टिकुलिया घाटमा डुंगा पल्टिँदा ३५ जना बेपत्ता भएका छन्। सदरमुकाम गौर नगरपालिकाबाट मानिसहरु घर फर्कने क्रममा बकैया नदीमा सो डुंगा पल्टिएको हो।

स्थानीयले दिएको जानकारी अनुसार करिब ४० जना सवार उक्त डुंगामा पाँचजनाको मात्र सकुशल उद्दार भएको छ। घटना करिब साडे ७ बजे भएको थियो। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगिसकेको छ र उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ।

सो क्षेत्रमा पुल निर्माण गर्न लागेको तीन वर्ष बितिसक्दा पनि निर्माण कार्य नसकिँदा स्थानीय डुंगाबाट नदी आहोर/दोहोर गर्दै आएका छन्। हरेक वर्ष रौतहटमा बकैया नदी र बागमती नदीमा डुंगा पल्टेर ज्यान जाने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.