|
प्रतीकात्मक फोटो

धादिङ : जिल्ला अदालत धादिङले गङगाजमुना गाउँपालिका–२ लताब गाउँका झाँक्री र उनका सहयोगीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पुर्पक्षका लागि २४ जनालाई थुनामा राख्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले प्रहरीले पक्राउ गरी अनुसन्धानपछि जिल्ला अदालतमा पेश गरिएका २८ जनामध्ये २४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न र चार जनालाई साधारण तारेखमा छाड्न आदेश दिइएको जिल्ला अदालतका स्रेस्तेदार उदयराज काफ्लेले जानकारी दिए।

हत्यामा सङ्लग्न दुईजना अझै परार रहेको बताइएको छ। टुनामुना गरी गाउँवासीलाई दुःख दिएको आरोपमा ६० वर्षीय साइला भन्ने प्लेक तामाङ र सोही स्थानका नरुङ तामाङलाई गाउँलले कुटपिट गरी हत्या गरिएको थियो।

कुटपिटबाट मृत्यु भएका दुवैजनालाई गाउँलेले साउन ५ गते जलाएका थिए। प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले साउन ७ गते उनीहरूलाई पक्राउ गरी हिरासतमा लिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.