|

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गर्न विभिन्न ११ विद्यार्थी संगठनले शनिबार दबाब दिने भएका छन्।

विद्यार्थी संगठनले मुख्य दलका संसदीय दलका नेतालाई भेटेर महाअभियोग प्रस्ताव पारित गराउनका लागि दबाब दिन लागेको अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानले बताए।

न्यौपानेका अनुसार शनसबार बिहान ९ बजे विद्यार्थी संगठनका नेताले नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीलाई भेट्नेछन्। त्यस्तै प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई बिहान साढे १० बजे, नेकपा मालेका संसदीय दलका नेता सीपी मैनालीलाई दिउँसो चार बजे भेटवार्ता गर्ने तय भएको न्यौपानेले बताए।

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई पनि भेट्ने तयारी गरिएको उनले बताए। महाअभियोग प्रस्ताव पारित गर्नका दबाब मुलक कार्यक्रम अन्तर्गत नेताहरुलाई खुट्टा नकमाउन दबाब दिन लागिएको विद्यार्थी नेताहरुले बताएका छन्।

मुख्यदल आवद्ध विभिन्न ११ विद्यार्थी संगठनले आइतबार जिल्ला जिल्लामा र उपत्यका केन्द्रित दबाबमुलक कार्यक्रम गर्ने तयारी गरेका छन्। 

शुक्रबार विद्यार्थीहरुले काठमाडौंमा गरेको दबाब कार्यक्रमः

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.