|

काठमाडौं : सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक शनिबार बस्दैछ। बिहान ११ बजे पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी निवास लाजिम्पाटमा बस्ने बैठकमा अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावबारे छलफल हुनेछ।

आफ्नै प्रस्तावमा कार्की विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएपनि अब कसरी अघि बढ्ने भन्नेमा माओवादी अलमलमा छ। बैठकमा महाअभियोग प्रस्ताव र अन्य समसामयिक विषयमा छलफल हुने पार्टी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्।

बैठकले महाअभियोगको प्रस्तावलाई कसरी अघि बढाउने भन्ने विषयमा आधिकारिक धारणा तय गर्नेछ। महाअभियोग प्रस्ताव आइतबार (भोलि) संसदमा पेश गर्ने तयारी गरिएको छ। तर दलहरुले भने महाअभियोग प्रस्ताव अघि बढाउनुभन्दा अख्तियारका निलम्बित प्रमुख कार्कीलाई राजीनामा दिन सुझाव दिइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.