|

रुकुम : लागुऔषध र हातहतियारसहित रुकुम पश्चिममा चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका ७ का १८ वर्षीय तिलक रावत, दाङ तुलसिपुर उपनगरपालिका ५ का २१ वर्षीय रोशन गौतम, सोहि ठाँउकै १९ वर्षीय रविनराज लवत र लमही नगरपालिका ५ का २१ वर्षीय सुरज घर्तिमगर रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बिहीबार सार्बजनिक गरेको हो।

रुकुम पश्चिम सानीभेरी गाउँपालिका ८ सिम्ली बजारमा भद्र बहादुर वलीको घरमा डेरा गरी बसिराखेका ४ जनाले कोठामा लागुऔषध सञ्चय गरेर सेवन गरिराखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक ऋषिकुमार ढुंगानाको नेतृत्वमा गएको प्रहरी टोलीले सोमबार चारजनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार उनीहरूको साथबाट ५० ग्राम गाँजासहित नक्कली पेस्तोल, खुकुरी, कटारी र नकलगायतका त्यससँग सम्बन्धित अन्य वस्तुहरू बरामत गरिएको छ।

उनीहरूलाई लागुऔषध गाँजा सेवन तथा सञ्चित र गैर कानुनी तरिकाले हातहतियार राखेको अभियोगमा मुद्दा दायर गरी जिल्ला अदालतबाट हिरासातमा राख्न सात दिनको थपिएको छ। उनीहरूको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.