|

काठमाडौं : बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आपसी सहमतिबाट उपलब्धि हासिल गर्न अनुरोध गरेकी छन्। उनले देहरूबीच राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा बिम्स्टेकका सदस्य राष्ट्रको समृद्धि हुने बताएकी छिन्।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सम्बोधन गर्दै बङ्गलादेशी प्रधानमन्त्री हसिनाले यस क्षेत्रको गरिबी र भोकमरीको अन्त्य तथा सुरक्षा, पर्यटन, ऊर्जा र सम्पर्क सञ्जालको विकास र विस्तारमा जोड दिँदै दिगो विकासका लक्ष्यप्राप्तिका लागि साझा प्रयासमा जोड दिइन्।

उनले बिम्स्टेकको कार्यक्षेत्रलाई परिणामुखी बनाउनका लागि काम गर्नुपर्ने बताएकी छन्। उनले त्यसका लागि यसका कार्यक्षेत्रलाई लक्ष्य हासिल गर्नेगरी स्पष्ट पार्नुपर्ने बताइन्। उनले त्यसका लागि १४ बुँदामा रहेको कार्यक्षेत्रलाई मुख्यतः दिगो विकास, सुरक्षा तथा स्थायित्व र जनताको सम्बन्धमा बुँदाबद्ध गरेर अगाडि बढ्नुपर्ने बताइन्।

उनले संस्कृति र सार्वजनिक स्वास्थ्यका लागि बिम्स्टेकका सदस्य मुलुकले विशेष प्राथमिकता दिँदै जनतादेखि जनतासम्मको सम्पर्क विस्तार गर्नुपर्ने बताइन्। प्रधानमन्त्री हसिनाले आफ्नो मुलुकले कुल गार्हस्थ उत्पादनमा वृद्धि, सबैका लागि शिक्षाका लागि विशेष प्रबन्ध र सामाजिक एवंक आर्थिक सुधारका लागि कदम चालेको अवगत गराइन्।

सम्मेलनको आयोजनाका लागि नेपाललाई आभार व्यक्त गर्दै १६ मिनेट मन्तव्य दिएकी उनले प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीको मन्तव्य प्रेरणास्पद भएको बताएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.