|
फोटो साभारः piveg.inc

काठमाडौं : तिहारलाई लक्षित गरी यस वर्ष भारतबाट सयपत्री फूलको झण्डै २ लाख माला भित्र्याउन लागिएको छ। आन्तरिक उत्पादनले माग धान्न नसक्ने भएपछि भारतको कोलकाताबाट सयपत्रीको माला ल्याउन लागिएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ।

तिहारमा कूल ११ लाख माला खपत हुने गरेको छ। त्यसमा सयपत्रीको ९ लाख तथा मखमली र गोदावरीको २ लाख माला हुने एसोसिएसनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताए। फूलको आयात हरेक वर्ष ५ प्रतिशतले घटाउँदै जाने योजना अनुसार कूल खपतको थोरै हिस्सा मात्रै भारतबाट ल्याउन लागिएको उनको भनाई छ।

नेपालमा फूल उत्पादनको अवस्थामा धेरै सुधार हुने भएपनि यहाँ उत्पादित फूलको गुणस्तरका कारणले गर्दा भारतबाट ल्याउने बाध्यता रहेको श्रेष्ठले बताए। भारतबाट ल्याइएको सयपत्री फूल टिपेपछि १५ दिनसम्म नबिग्रने भएपनि नेपालको सयपत्री  ८/९ दिनमै बिग्रने गरेको छ।

सयपत्री फूल उत्पादन हुने क्षेत्रमा हावामा पानीको मात्रा बढी भएकाले फूलमा दीगोपन कम रहेको श्रेष्ठले बताए।  फ्लोरिकल्चर एसोसिएसनले यसपटकको तिहारमा फूल, माला र बगैंचा सजावट समेतलाई समेत हेरेर १२ देखि १५ करोड रुपैंया बराबरको फूलको कारोबार हुने अनुमान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.