|

चितवन : दक्षिण चितवनको माडीमा मान्छे मार्ने बाघलाई चितवन राष्ट्रिय निकुञ्जले बिहीबार नियन्त्रणमा लिएको छ। बाघलाई डाटगनमार्फत बेहोस बनाउने औषधी प्रयोग गरेर नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए।

भदौ सात गते वस्तु चराउन गएका बेला माडी नगरपालिका ९ स्थित गोविन्दबस्तीका ५६ वर्षीय जीतबहादुर राईलाई आक्रमण गरेर मारेको बाघलाई बिहीबार साँझ ६:४२ बजे नियन्त्रणमा लिइएको हो।

अन्दाजी १० वर्षको भाले बाघलाई निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरेको नेतृत्वको टोलीले नियन्त्रणमा लिएको थियो। विहानदेखिको लामो कसरतपछि बाघ समातिएको डा गैरेले बताए।

छवटा हात्तीको प्रयोग गरेर विगत पाँच दिनदेखिको प्रयासमा बाघ समातिएको हो। यसअघि बाघ नियन्त्रणमा ल्याउन पाडो राखेको भए पनि पाडो खाइसक्दासमेत समाउन सकिएको थिएन्। बाघलाई चितवन निकुञ्जको खोरमा ल्याएर राखिने छ। यसअघि समातेर खोरमा राखेको बाघ भने मरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.