|
फाइल फोटो

काठमाडौं : एसिया कप छनोट प्रतियोगिता अन्तर्गत शनिबारको व्याटिङमा सुरुवातीमा आक्रमक देखिएको नेपाले त्यसपछि भने निकै कमजोर देखियो। पाँच विकेट गुमाउँदासम्म नेपालले जम्मा ६० रन बनाउन सकेको थियो। 

जब क्रिजमा दिपेन्‍द्रसिंह ऐरी र आरिफ शेख भेट भए त्यसपछि भने नेपालको व्याटिङमा निकै सुधार आयो। ५१ बलमा ५४ रन बनाएर दिपन्द्र आउट भएपनि आरिफ शेख भने ४८ बलमा ६४ रन बनाएर नटआउट रहे। उनले दुई छक्का र पाँच चौका प्रहार गरे। 

नटआउट रहेका बसन्त रेग्मीले सात बलमा ६ रन जोडे। नेपालका लागि अनिलकुमार शाहले १६, सुवास खकुरेलले ९, पारस खड्काले १३, ज्ञानेन्द्र मल्लले ११ र सागर पुन र सोमपाल कामी खाता खोल्न सकेनन्।

३० ओभरमा छोट्याइएको खेलमा नपाले निर्धारित समयमा  सात विकेट गुमाएर १८८ रन बनाएको छ। लगातार दुई खेलमा हार व्येहोरेको नेपाललाई अघि बढ्नको लागि शनिबारको खेल जित्ने पर्ने दवाव छ। नेपाललाई अबका सबै खेलको जिते पनि एसिया कप छनोटका लागि अरु टिमको नतिजा कुर्नुपर्ने हुन्छ।

मलेसियाको लागि दुई खेलाडीले समान ३/३ विकेट लिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.