|

बुटवल : बुटवलमा बैंकमा रकम जम्मा गर्न गएका एक व्यक्तिको दुई लाख २३ हजार रुपैयाँ बैंकभित्रबाटै चोरी भएको छ।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार आइतबार बिहान साढे १० बजे बुटवल बिपी चोकमा रहेको एभरेष्ट बैंकमा रकम जम्मा गर्न गएका दुर्गा प्लास्टिक हाउसका कर्मचारी रोहित गौतमले भौचर भर्दै गरेको अवस्थामा रकम चोरी भएको हो।

प्लास्टिक हाउसका सञ्चालक दिनेश ज्ञवालीले दुई लाख २३ हजार रुपैयाँ बैंकमा जम्मा गर्न पठाएको प्रहरीलाई बताएका छन्। तीन जनाको एक समूहले भौचर भर्न सिकाइदिने भन्दै गौतमलाई छक्याएर सो रकम चोरी गरेर भागेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिल बहादुर मल्लले जानकारी दिए।

बैंकको सिसिटिभी फुटेजमा भारतीय मूलका जस्ता देखिने ती तीन जनाको खोजीका लागि बुटवल क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.